कैलालीको अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघले सुनसरी लगायतका जिल्लाहरुमा घटेको घटनामा ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै संघले सुनसरीको देवानगञ्ज लगायतका पुर्वि जिल्लाहरुमा हालै घटेको घटनामा ध्यानाकर्षण भएको जनाउदै तत्काल समस्या समाधान गर्न माग गरेको हो ।
संघले विज्ञप्ती मार्फत सुनसरी लगायका क्षेत्रको समस्या तत्काल समाधान गर्न सरकार तथा स्थानिय प्रशासन सँग माग गरेको छ । ‘यस अन्यन्तै दुःखद् र निर्मम घटनामा पिडितहरुले न्याय पाउनु र आगामी दिनहरुमा यस्ता घटना पुनः नहुन दिनका लागि उद्योग, व्यवसायी, निजि तथा सार्वजनिक सम्पत्तिहरुको क्षति हुन दिन सरोकारवाला सम्पुर्ण पक्षसँग अनुरोध गर्दछौ’ विज्ञप्तीमा भनिएको छ । त्यसबाहेक घटनाको मर्म र संवेदनशिलतालाई ध्यानमा राखि सामाजिक सद्भाव र एकता कायम राख्न र कुनै प्रकारको क्षति हुन नदिन र आपसी संवाद सहमती र जिम्मेवार सहकार्य मार्फत शान्तिपुर्ण समाधान खोज्न सरोकारवाला पक्षसँग संघले अनुरोध गरेको छ ।

संघका अध्यक्ष कमल कडायतद्धारा हस्ताक्षरित विज्ञप्तीमा सो घटनाले संघ स्तब्ध र मर्माहित भएको समेत उल्लेख गरिएको छ । विज्ञप्ती मार्फत संघले सो घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलीका साथै घाईतेहरुमा शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।






