भक्तपुरस्थित भक्तपुर अस्पतालमा आईसीयू शय्या खाली हुँदाहुँदै बिरामीलाई भर्ना नलिएको भन्दै बिरामीका आफन्तले अस्पतालमातोडफोड गरेका छन्।
काभ्रेको तिमाल गाउँपालिका–७ घर भई हाल सूर्यविनायक बस्ने दमका ८२ वर्षीय बिरामीलाई बुधबार मध्यराति १२ बजेतिर अस्पतालपुर्याइएको थियो।

ती बिरामी बुधबार बिहान मात्रै सोही अस्पतालको आईसीयूमा उपचार गराएर डिस्चार्ज भएका थिए। तर, राति स्वास्थ्यमा थप समस्याआएपछि उनलाई पुनः अस्पताल लगिएको थियो।
बिरामीलाई आईसीयूमा भर्ना गर्नुपर्ने भन्दै आफन्तले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धम्क्याएको अस्पतालका निमित्त निर्देशक डा. त्रिभुवनचन्द्र झाले जानकारी दिए।
डा. झाले भने, ‘राति होहल्ला भएको थियो। एक जनाले जबरजस्ती रूपमा नै आईसीयूमा भर्ना गरिदिनुपर्यो भनेर डाक्टरसापहरूलाईधम्काउने र तर्साउने गरेका रहेछन्।’






