दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा भव्यताका साथ सम्पन्न भएको छ। सम्मेलनले भरत विश्वकर्माकोअध्यक्षतामा नयाँ राष्ट्रिय कार्यसमिति चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अमृता दर्जी र अभिजित राम, सचिवमा तारा विश्वकर्मा, सहसचिवमा भरत वि.क. र मनिषानेपाली तथा कोषाध्यक्षमा सरिता मीजार चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा राम बाबु दास, पारश नेपाली, राधिका चर्मकार, अमृता नेपाली, शुसीला सार्की, कृष्टीना शेनचुरी, वर्षा ओड, प्रमोदपासवान, शनीस नेपाली, सृजना नेपाली, आसिका मजाकोटी र अदिक्षा रसाइली चयन भएका छन्।
यसअघि समाजको नेतृत्व सम्हालेका शिशिर विश्वकर्माको दुईवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न भएको छ। नयाँ नेतृत्व चयनसँगैसमाजले दलित समुदायका कानुन विद्यार्थीहरूको हकहित, अधिकार, अवसर तथा कानुनी क्षेत्रमा पहुँच र सहभागिता विस्तारलाईप्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ।
सम्मेलनमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति सदिक्षा बास्कोटा प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्।कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मासहित प्रतिनिधिसभाका सदस्य, कानुन व्यवसायी, कानुन विद्यार्थी तथाविभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
दलित समुदायका कानुन विद्यार्थीलाई संगठित गर्दै उनीहरूको शैक्षिक, व्यावसायिक तथा सामाजिक अधिकारका सवाललाई संस्थागतरूपमा उठाउने उद्देश्यले समाजले आगामी दिनमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।






