धनुषाको विदेह नगरपालिका–५ का तत्कालीन वडाध्यक्ष विजयकुमार यादवले भारत सरकारले उपहारस्वरूप उपलब्ध गराएकोएम्बुलेन्सलाई करिब ३ वर्ष ५ महिनासम्म निजी सम्पत्तिसरह सञ्चालन गर्दै भाडामा लगाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धानआयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार भारतीय राजदूतावासले २०७७ असोज १४ गते वडाबासीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने उद्देश्यलेउक्त एम्बुलेन्स हस्तान्तरण गरेको थियो। तर यादवले एम्बुलेन्सलाई वडा कार्यालयको जिन्सी अभिलेखमा दर्ता नगरी आफ्नै नियन्त्रणमाराख्दै निजी प्रयोजनका लागि सञ्चालन गरेको आरोप छ।

अनुसन्धानका क्रममा एम्बुलेन्स ३० हजार १८५ किलोमिटर सञ्चालन भएको देखिए पनि त्यसको लगबुक, इन्धन खर्च र आम्दानीको कुनैआधिकारिक अभिलेख नराखिएको अख्तियारले जनाएको छ। सार्वजनिक सम्पत्तिलाई व्यक्तिगत लाभका लागि प्रयोग गरिएकोनिष्कर्षसहित अख्तियारले भ्रष्टाचार भएको दाबी गरेको छ।
नेपाल रेडक्रस सोसाइटी धनुषाको एम्बुलेन्स भाडादरका आधारमा हिसाब गर्दा यादवले १५ लाख ९ हजार २५० रुपैयाँ बराबरकोसार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्याएको अख्तियारको आरोप छ। अनुसन्धानकै क्रममा उनले ३ लाख ८१ हजार ५९७ रुपैयाँबुझाए पनि बाँकी ११ लाख २७ हजार ६५३ रुपैयाँ असुल गर्नुपर्ने दाबी आयोगले गरेको छ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो बराबर जरिवाना, कैद सजाय तथा बाँकी रकम असुलउपरको माग गर्दै विशेषअदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको जनाएको छ।






