इरान युद्धपछि कायम गरिएको नाजुक युद्धविराममाथि फेरि प्रश्न उठ्ने गरी कुवेतले बिहीबार आफूले मिसाइल तथा ड्रोन आक्रमणको सामना गरेको जनाएको छ । अमेरिकाले इरानमाथिको सैन्य दबाब बढाइरहेको र तेहरानले त्यसको प्रतिकार गरिरहेको दाबी भइरहेका बेला आएको यो घटनाले मध्यपूर्वको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ ।
कुवेती सेनाले जारी गरेको संक्षिप्त विज्ञप्तिमा मिसाइल र ड्रोन आक्रमण भएको पुष्टि गरिएको भए पनि कुन स्थान वा संरचनालाई निशाना बनाइएको थियो भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन । घटनाको जिम्मेवारी पनि तत्काल कसैले लिएको छैन ।







