Government of Nepal को मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ। बैठकमा मन्त्रालय मर्ज, खारेज रपुनर्संरचनासम्बन्धी ठूलो खाका पेश हुने तयारी गरिएको छ।
प्रधानमन्त्री Balen Shah नेतृत्वको सरकारले संघीय मन्त्रालयको संख्या घटाएर १७ मा सीमित गर्ने तयारी अन्तिम चरणमा पुर्याएकोस्रोतको दाबी छ।

सरकार निकट स्रोतका अनुसार हाल रहेका ४ मन्त्रालय खारेज गरिनेछन् भने ६ मन्त्रालयको नाम परिवर्तन गरिनेछ। साथै केही महत्वपूर्णक्षेत्र सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याउने तयारी भएको बताइएको छ।
खारेज हुने तयारीमा रहेका मन्त्रालयहरूमा युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, शहरी विकास तथा संघीय मामिला तथासामान्य प्रशासन मन्त्रालय रहेका छन्।
सरकारको प्रस्तावअनुसार खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभेर “शिक्षा तथा खेलकुद मन्त्रालय” बनाइनेछ। महिला, बालबालिका, ज्येष्ठ नागरिक, स्वास्थ्य, सामाजिक सुरक्षा र युवा क्षेत्रलाई एकीकृत गरेर “लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय” बनाउनेतयारी छ।
त्यस्तै खानेपानी र शहरी विकासलाई भौतिक पूर्वाधारसँग गाभेर “एकीकृत भौतिक पूर्वाधार मन्त्रालय” बनाउने प्रस्ताव गरिएको छ।
स्रोतका अनुसार भूमि व्यवस्था मन्त्रालयबाट गरिबी, सञ्चार मन्त्रालयबाट सूचना–प्रविधि तथा शिक्षा मन्त्रालयबाट विज्ञान–प्रविधिछुट्टाएर प्रधानमन्त्री कार्यालय मातहत ल्याउने आन्तरिक तयारी पनि भइरहेको छ।
यसले प्रधानमन्त्री कार्यालय झन् शक्तिशाली बन्ने र धेरै अधिकार केन्द्रित हुने चर्चा सुरु भएको छ। आलोचकहरूले यसलाई “अत्यधिकशक्ति केन्द्रीकरण” को सुरुवात हुन सक्ने भन्दै प्रश्न उठाउन थालेका छन्।
सरकारले भने यो कदम प्रशासनिक सुधार, खर्च कटौती र कार्यक्षमता बढाउनका लागि भएको दाबी गरेको छ। मन्त्रालय पुनर्संरचनाकोखाका तयार गर्न सरकारले प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा कार्यदल समेत गठन गरेको थियो।
सरकारले आफ्नो सय दिने योजनाअन्तर्गत मन्त्रालय संख्या घटाउने प्रतिबद्धता सार्वजनिक गरिसकेको छ।






