बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–१०, जिपपार्क क्षेत्रमा प्रहरीले नक्कली खुकुरी ब्रान्डको चुरोटसहित एक मिनी ट्रकनियन्त्रणमा लिएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ निवासी ३२ वर्षीय पंकज चौधरीले चलाएको सु.प.प्र.००१ क २५५२नम्बरको मिनी ट्रकबाट ९ पेटी १० डण्डा नक्कली चुरोट बरामद गरिएको हो।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले सवारी चेकजाँचका क्रममा उक्त चुरोट फेला पारेकोथियो। घटनामा संलग्न रहेको आरोपमा ट्रक चालक चौधरीसँगै ट्रकका साहु बैतडीको पाटन नगरपालिका–२ निवासी २१ वर्षीय हेमराजपाण्डेयलाई पनि शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले ट्रक, बरामद चुरोट तथा दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।






