सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतलेमिसिल फाइल झिकाउने आदेश दिएको छ। न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासलेबिहीबार सो आदेश दिएको हो। यसअघि अदालतले बहस नोट पेस गर्न निर्देशन दिएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा अकुत सम्पत्ति आर्जन गरेकोआरोपमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार २०७४ देखि २०७९ सम्मको अवधिमा उनले पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्तिआर्जन गरेका हुन्।

अनुसन्धानअनुसार सोडारीको वैध आम्दानी करिब ८५ लाख रुपैयाँ मात्र देखिएको छ, तर खर्च करिब १ करोड ९३ लाख रुपैयाँभन्दा बढीरहेको पाइएको छ। आयोगले श्रीमती र छोराको नाममा रहेका सम्पत्ति समेत जफत गर्न माग गरेको छ। साभार :- पहिचान पोष्ट






