आईजीपीमा नियुक्त भएका नारायणदत्त पौडेल सुरुमा खरिदार थिए । सुर्खेतको साविक जर्बुटा गाविस–५ मा जन्मेका उनले सुर्खेतबाटएसएलसी उत्तीर्ण गरेपछि खरिदारको परीक्षा दिए । र, उत्तीर्ण भए । त्यसपछि नगरपालिकातर्फको स्थायी नियुक्त लिएर काम गरे ।खरिदारमा नाम निस्के पनि उनले आफ्नो अध्ययनलाई भने छाडेका थिएनन् । सुर्खेतबाटै स्नातक उत्तीर्ण गरे । प्रहरीको इन्स्पेक्टरमा भर्नाखुल्यो । इन्स्पेक्टरमा जाँच दिने सोच नै नबनाएका उनी सँगै पढेका साथीहरूले दिऔं न भनेपछि लहलहैमै काठमाडौं आए । त्यो नै उनकोकाठमाडौंमा पाइला टेकेको पहिलो क्षण थियो ।
इन्स्पेक्टरको फारम भरेपछि भने प्रहरीतर्फ उनलाई चाख बस्यो । नगरपालिकाको काम गर्दै इन्स्पेक्टरको तयारी गरे । पहिलो प्रयासमैइन्स्पेक्टरमा नाम निकाले । १८ चैत २०५४ मा नेपाल प्रहरी इन्स्पेक्टरको नियुक्ति लिएर पौडेलले निजामती सेवालाई बि–दाइ गरे ।नेपाल प्रहरीमा तीन वर्षसम्म काम गरे । प्रहरीमा रहँदा उनी रोल्पा स्ट्राइकिङमा खटिएका थिए । त्यतिबेला माओवा‘दी द्व*न्द्वका कारणसुरक्षाका हिसाबले रोल्पा निकै चु–नौतीपूर्ण मानिन्थ्यो।

इन्स्पेक्टरको आधारभूत तालिम सम्पन्न भएपछि रोल्पा स्ट्रिाइकिङ टोलीका कमान्डर बनेर उनी खटिएका थिए । त्यतिबेला उनले गरेकोकाम, अप–रेसन, निडरपन र आफू मातहतका प्रहरी कर्मचारीको मनोबल प्रोत्साहन गर्न उत्कृष्ट भूमिका खेलेको भन्दै पुरस्कारस्वरूपप्रहरी प्रधान कार्यालयले १ ग्रेड थप गरिदिएको थियो । माओवा‘दी द्व!न्द्व उत्कर्षमा पुगेपछि त्यस वि रु‘द्ध ल*ड्न तत्कालीन सरकारलेसशस्त्र प्रहरी बल गठन गरेको थियो । जहाँ सुरुवाती क्रममा नेपाली सेना र नेपाल प्रहरीका कर्मचारीलाई एक तह बढुवा गर्दै लगिएकोथियो ।
#SagarSir #NarayanDattaPaudel #IGP






