कैलालीको गोदावरी नगरपालिका–२, खानेपानी ट्याङ्की नजिक करिब २० करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न ‘होटल जंगलस्पा’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। होटल व्यवसायी विजय सिंह धामीले डडेल्धुराको सखायलमा संचालनमारहेको होटेल जंगल स्पाको अपार सफलता सँगै कैलालीको अत्तरियामा पनि सेवा सञ्चालनमा आएको हो ।
गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले रिबन काटेर होटलको समुद्घाटन गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख भट्टले यस प्रकारका ठूला निजी लगानीले स्थानीय आर्थिक गतिविधि, रोजगारी सिर्जना तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदानपुर्याउने बताएका छन्। उनले अत्तरिया क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण केन्द्र बनाउन यस्ता पूर्वाधारले ठूलो भूमिकाखेल्ने उल्लेख गरे।

होटलमा आधुनिक सुविधा सहित ३२ वटा एसीयुक्त कोठा, आकर्षक डाइनिङ हल तथा दुई वटा बहुउद्देश्यीय मिटिङ तथा सेमिनार हलरहेका छन्। साथै, प्राकृतिक वातावरणसँग मेल खाने स्पा तथा विश्राम सेवाले यसलाई अझ विशेष बनाएको जानकारी जंगल स्पाकानिर्देशक दिनेश कुमार मल्लले बताएका छन ।
तेसै गरी होटलका म्यानेजर गणेश खड्काका अनुसार होटलले स्थानीय तथा बाह्य पाहुनालाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएकोछ। उनले आगामी दिनमा सेवा विस्तार गर्दै अत्तरियालाई पर्यटन तथा आतिथ्य सेवाको केन्द्र बनाउन योगदान दिने प्रतिबद्धता व्यक्त गरे।






