प्रधानमन्त्री बालेन शाहले सुकुम्बासी बस्ती व्यवस्थापनमा अपनाएको चरणबद्ध रणनीतिको प्रशंसा गर्दै रविन्द्र मिश्रले उक्त शैलीलाई‘शानदार’ बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मिश्रले सिधै डोजर चलाउने पुरानो अभ्यासभन्दा फरक रूपमा सरकारलेअपनाएको प्रक्रिया सराहनीय रहेको उल्लेख गरेका छन्। उनका अनुसार कुनै पनि काममा ‘के गर्ने’ भन्दा ‘कसरी गर्ने’ भन्ने पक्ष बढीमहत्वपूर्ण हुने बताउँदै सरकारले सही विधि अपनाएको संकेत दिएका छन्।

मिश्रले सरकारको कार्यशैलीलाई चरणबद्ध रूपमा व्याख्या गर्दै पहिले सूचना दिने, त्यसपछि सहयोग गर्ने, अस्थायी व्यवस्थापन गर्ने, त्यसपछि प्रमाणीकरण गर्ने र अन्ततः स्थायी व्यवस्थापनतर्फ जाने प्रक्रिया उपयुक्त भएको बताएका छन्। “यस्तो अवस्थामा चालिएकाकदम योभन्दा राम्रो हुन सक्दैनथ्यो,” उनले लेखेका छन्।
उनले विगतका प्रयासहरूमा जस्तै सिधै डोजर चलाएर बस्ती हटाइएको भए त्यसको आलोचना गर्ने स्पष्ट पारेका छन्। यद्यपि, यति ठूलोअभियानमा केही पीडा हुनु स्वाभाविक भए पनि राज्यले असहाय र पीडित नागरिकका लागि जिम्मेवारी लिनुपर्नेमा उनले जोड दिएकाछन्।
यसैबीच, मिश्रले प्रधानमन्त्री शाहले कूटनीतिज्ञहरूसँग गरेको पहिलो भेटघाटको शैलीलाई समेत प्रशंसनीय बताएका छन्। उनले आगामीदिनमा पनि सरकारले यही संवेदनशीलता र रणनीति कायम राख्दै देशभरका अतिक्रमित जमिन खाली गर्ने र वास्तविक सुकुम्बासीकोउचित व्यवस्थापन गर्ने विश्वास व्यक्त गरेका छन्।
सुकुम्बासी व्यवस्थापनको विषय अहिले राजनीतिक र सामाजिक बहसको केन्द्रमा रहेको बेला मिश्रको यो प्रतिक्रिया सरकारकोकदमप्रति सकारात्मक धारणा व्यक्त गर्ने महत्वपूर्ण आवाजका रूपमा हेरिएको छ।






