बालेन्द्र शाह नेतृत्वको सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेपछि यतिबेलाचर्चा र विवादमा तानिएका छन्।
आइतबार सार्वजनिक गरिएको विवरणअनुसार उनको कुल सम्पत्ति करिब २४ करोड १६ लाख रुपैयाँ देखिएपछि सामाजिक सञ्जालमाव्यापक चासो र प्रश्न उठेको थियो। त्यसको भोलिपल्ट सोमबार उनले फेसबुकमार्फत लामो प्रष्टीकरण दिँदै आफूले कानुनले मागेभन्दाबढी पारदर्शिता अपनाएको दाबी गरेका छन्।

मन्त्री पोखरेलले आफ्नो मात्र नभई बुवा, आमा र मावली पक्षको संयुक्त सम्पत्तिसमेत समेटेर विवरण सार्वजनिक गरेको स्पष्ट पारेकाछन्। “प्राविधिक रूपमा व्यक्तिगत सम्पत्ति मात्र देखाउँदा पनि पुग्थ्यो, तर मैले पूर्ण पारदर्शिता अपनाएँ,” उनले लेखेका छन्, “मलाई कुनैडर छैन, यी सम्पत्तिहरू परिवारको इमान्दार कमाइ हुन्।”
आफू त्रिभुवन विश्वविद्यालय अन्तर्गत ‘सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको विद्यार्थीसमेत रहेको उल्लेख गर्दैउनले भ्रष्टाचार नियन्त्रणका लागि पारदर्शिता सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्।
उनले आफ्नो विवरणमा बुवाको सम्पत्तिसमेत समावेश गरेको र बुवा रमेशकुमार पोखरेलले नेपाल राष्ट्र बैंक मा करिब ३० वर्ष सेवा गरीकार्यकारी निर्देशकबाट अवकाश लिएको जानकारी दिएका छन्। साथै, बुवा हाल अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF), वासिङ्टन डी.सी. माकार्यकारी निर्देशकका सल्लाहकारका रूपमा कार्यरत रहेको उल्लेख गर्दै परिवारको सम्पत्ति वैध स्रोतबाट आएको दाबी गरेका छन्।






