धनगढी-कैलाली धनगढीस्थित मालपोत कार्यालयमा कार्यरत कार्यालय प्रमुख लक्ष्मण बहादूर कठायतले सेवाग्राहीलाई अनावश्यक दु:ख दिने गरेको पाइएको छ ।
सेवा प्रवाह सहज र पारदर्शी हुनुपर्ने सरकारी कार्यालयमा उल्टै सेवाग्राहीले दैनिकजसो सास्ती भोग्नुपरेको गुनासो सेवाग्राहीले गर्ने गरेका छन् ।
जग्गामा बाटो हाल्ने जस्ता सामान्य प्रशासनिक प्रक्रियामा समेत अनावश्यक अवरोध सिर्जना गरी दुःख दिने गरिएको सेवाग्राही गोपाल शाहीले बताए ।

उनको अनुसार,नापी कार्यालयबाट प्रक्रिया पुरा गरी पठाइएका फाइलहरू समेत मालपोत कार्यालयमा पुग्ने बित्तिकै रोक्ने, अनावश्यक प्रश्न उठाउने र आफ्नो व्यक्तिगत कुरा लागू गर्न खोज्ने बताए । बाटो यति मिटर हुनुपर्छ, जस्ता बहानामा काम अल्झाउने र प्रक्रिया लम्ब्याउने कार्य गर्ने गरेको पाईएको छ ।

सेवाग्राही गोपाल शाहीले भने, “हामीले सबै प्रक्रिया पुरा गरेर फाइल पेश गर्दा पनि जानाजानी अल्झाउने, आफ्नो तरिकाले मात्र काम गर्नुपर्छ भनेर दबाब दिने काम भइरहेको छ।” उनका अनुसार, कार्यालय प्रमुखले नियम अनुसार काम गर्न खोज्ने सेवाग्राहीलाई समेत हैरान पार्ने गरेका छन्।
सामान्य प्रशासनिक विषयलाई समेत विवादमा तान्ने, फाइललाई अड्काएर राख्ने र सेवाग्राहीलाई बारम्बार धाउन बाध्य बनाउने कार्यले सेवाग्राहीहरू आक्रोशित बनेका छन्।कार्यालय प्रमुखको नियत नै सेवाग्राहीलाई दुःख दिने खालको देखिएको छ।
“जनताको सेवा गर्न बसेको निकायमा नै यस्तो व्यवहार हुनु लाजमर्दो कुरा भएको शाहीको भनाई छ । दुःख दिने हाकिममाथि तत्काल छानबिन गर्नुपर्ने उनले बताए ।
विवादको मुख्य कारणहरू:-
कार्यालय प्रमुख कठायतले प्रक्रियामा रहेका फाइलहरू अनावश्यक रूपमा रोक्नु नापी कार्यालयले स्वीकृत गरेको विवरणलाई समेत अस्वीकार गर्ने र प्रयास नियमभन्दा बाहिर व्यक्तिगत व्याख्या लागू गर्न खोज्नु सेवाग्राहीलाई पटक–पटक कार्यालय धाउन बाध्य पार्नु सामान्य विषयलाई जटिल बनाउँदै विवाद सिर्जना गर्नु सेवाग्राहीलाई दुख दिने कार्यालय प्रमुखको सधैंको नियत भएको उनी माथि आरोप लाग्ने गरेको छ ।






