धनगढी–नागरिकताको मिति सच्याएर जागिर खाएको अभि–योग पुष्टि भएपछि निल!म्बनमा परेका तत्कालिन डिएसपी रमेशबहादुरसिंहले सर्वोच्च अदालतबाट मु*द्दा जितेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा परेका सिंहको मुद्दासर्वोच्चले ‘उल्टी’ गरिदिएको हो । अदालतले गत जेठ २७ गते नै उनको मुद्धामा फैसला सुनाएको भएपनि त्यो विषयमा नेपाल प्रहरीअनभिज्ञ रहेको छ । उनले अदालतको फैसला लिएर प्रहरी प्रधानकार्यालयमा नगएको बुझिएको छ ।

विशेष अदा–लतबाट तत्कालिन डिएसपी रमेशबहादुर सिंहलाई दोषी ठहर गरी ८ महिना कैद सजाय सुनाइएको थियो । त्यसपछि उनीपुनरावेदनका लागि सर्वोच्च अदा–लत गएका थिए ।
लामो समयपछि सर्वोच्च अदालतका न्यायधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलाशले सो मु*द्दामा फैसलामाउल्टी गर्ने आदेश दिएको थियो । सर्वोच्च अदालतले २०८२ जेठ २७ गते यस्तो आदेश दिएको हो ।






