धनगढी– सुगम जिल्लाको दुर्गम गाउँपालिका मोहन्यालको सुगरखाल वडा नं–३ मा विधालय व्यवस्थापन समितीका अध्यक्ष नै ठेकदार भएर भवन निर्माण गरिरहेका छन् । कानुन सम्भवत: विधालय व्यवस्थापन समितीको अध्यक्ष नै सोही विधालयको ठेकेदार बन्न मिल्दैन्। तर,अध्यक्ष सुरेन्द्र जैसी भने यस्ता हर्कत गर्दै आईरहेका छन् ।
मोहन्याल–३ सुगरखालमा अवस्थित भैरवमाला विद्यालय रहेको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका ठेकेदार सुरेन्द्रजैसीको भूमिका शंकास्पद रहेको पाईएको छ । मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय(हिमशिखर),विधालयका प्रअ र पालिका ईन्जिनियिरको व्यापक मिलमत्तोमा प्रदेश सरकारको बजेटलाई झ्वाँम पार्न यस्तो हर्कत देखिएको छ ।

विधालय भवन निर्माण,फिल्ड निर्माण, विधालय घेरवारका लागि झण्डै ८० लाख रुपैयाँ छुट्याएको छ । उक्त रकम पचाउँनका लागियस्तो हर्कत गरेको स्थानियहरुको गुनासो रहेको छ ।
कमसल काम देखाएर रकम हत्याउने प्रयास
भैरवमाला विधालयका विधालय व्यस्थापन समितीका अध्यक्ष सुरेन्द्र जैसीले विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि विनियोजितबजेटको दुरुपयोग भएको मात्र होइन, झ्याल–ढोका जस्ता संरचनात्मक सामग्रीमा समेत पुराना तथा गुणस्तरहीन सामग्री प्रयोग गरिएकोपाइएको छ।
मोहन्याल गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरूमा आर्थिक अनियमितता भएको गम्भीर आरोप सार्वजनिक भएको छ।विशेषगरी मोहन्याल गाउँपालिका अन्तर्गत पर्ने भैरवमाला विद्यालय मा निर्माण कार्यका क्रममा ठूला अनियमितता भएको स्थानीयले दाबीगरेका छन्।
स्थानीय स्रोतका अनुसार विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि विनियोजित बजेटको दुरुपयोग भएको मात्र होइन, झ्याल–ढोका जस्ता संरचनात्मक सामग्रीमा समेत पुराना तथा गुणस्तरहीन सामग्री प्रयोग गरिएको पाइएको छ। यसले विद्यालयको दिगोपनतथा विद्यार्थीको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका ठेकेदार सुरेन्द्र जैसी को भूमिका शंकास्पद रहेको पाईएको छ ।
उनीहरूका अनुसार नयाँ सामग्री प्रयोग गर्नुपर्ने ठाउँमा पुराना झ्याल–ढोका जडान गरिएको भेटिएको हो, जसले भ्रष्टाचार भएको पाईएकोछ ।
स्थानीय अभिभावक तथा सरोकारवालाहरूले यस विषयमा तत्काल छानबिनको माग गरेका छन्।
मोहन्याल गाउँपालिकामा देखिएको यस्तो प्रवृत्तिले समग्र शिक्षा प्रणालीप्रति नै अविश्वास बढाउने खतरा रहेको छ।






