कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिकाभित्र कानुनी प्रक्रिया विपरीत ‘ई–को पार्क’ को योजना अघि बढाइएको पाइएको छ।झण्डै ४ करोडको सो योजना कानुन विपरीत देखिएपछि अहिले निर्माण कार्य ठप्प छ। कृष्णपुर नगरपालिकाको वडा नम्बर २ र ५ मा कोगडबिजुला सामुदायिक वन क्षेत्रको ४२ हेक्टर क्षेत्रफलमा ‘ई–को पार्क’ बनाउने योजना बिचमै असफल बन्न पुगेको हो।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन उपज विकास साझेदारी आयोजनाबाट दुई करोड ४० लाख र कृष्णपुर नगरपालिकाकोएक करोड २८ लाखमा निर्माण सुरु गरिएको ‘ई–को पार्क’ निर्माण कार्य वनको स्वीकृतीबिना सुरु गरिएको पाइएपछि बाँकी निर्माणकार्य बिचमै रोकिन पुगेको छ।

‘ई–को पार्क’ निर्माणका लागि २०७८ जेठ २१ गते ठेक्का आह्वान गरिएको थियो। ‘ई–को पार्क’ बनाउन २०७८ भदौ २५ गते ठेक्कासम्झौता गरिएको थियो। कुल २ करोड २८ लाख ९१ हजार पाँच सय ९१ रुपैयाँ पर्यटन मन्त्रालय र ८७ लाख १२ हजार ५६ रुपैयाँकृष्णपुर नगरपालिकाले व्यहोर्ने गरी ठेक्का सम्झौता गरिएको थियो। तर ‘ई–को पार्क’ बनाउन वनबाट अनुमति नै नलिएको पाइएपछिसो योजना बिचमै विफल बन्न पुगेको हो।
‘ई–को पार्क’ बनाउन २० लाख ३५ हजार पेश्की समेत दिइसकेको पाइएको छ। यस्तै निर्माण कम्पनीलाई प्रथम रनिङ्घ बिलबाट थप४९ लाख ९२ हजार ६६८ रुपैयाँ गरेर कुल ६१ लाख ६९ हजार ७४८ रुपैयाँ भुक्तानी गरिएको कृष्णपुर नगरपालिकाका इन्जिनियरदिपेन्द्रबहादुर कुँवरले बताए। तर वनको स्वीकृती बिना सो योजना अघि बढाइएकाले काम बिचमै बन्द गर्नु परेको हो। निर्माणकम्पनीलाई एक करोड ८७ लाख २१ हजार ८४३ रुपैयाँ दिन बाँकी थियो तर बिचमै ‘ई–को पार्क’ निर्माणको बाँकी काम रोकिन पुगेकोउनले बताए।
कृष्णपुर नगरपालिकाको २०७८ चैत १६ गतेको ८९ औँ कार्यपालिका बैठकको निर्णय नम्बर १८ बाट ठेकेदारलाई काम गर्न निर्देशन दिनेनिर्णय नै भएको पाइएको छ। त्यस्तै नगरपालिकाले आइइइ तयार गरी सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रालयलाई पठाइएको थियो। तर आइइइ स्वीकृत भइसकेपछि मात्र थप काम अघि बढाउने भनेपछि निर्माण कार्य पुर्ण रुपमा ठप्प बन्नपुगेको हो।
लामो समयदेखि ‘ई–को पार्क’ निर्माणको थप काम अघि नबढ्दा यसअघि बनेका भौतिक संरचना जीर्ण बन्न थालेका छन्। कतिपयबनेका संरचनाहरु टुटफुट भइसकेका छन्। तीनवटा भौतिक संरचना बनेर ल्याण्टर हाल्न मात्र बाँकी रहेको अवस्थामा काम रोकिएपछिती संरचना यतिबेला जीर्ण छन्। साथै लगाएको पर्खाल पनि धेरै स्थानमा भत्किन थालेको छ।
साभार :-अभिलेख भिडिया






