धनगढी– कैलालीको एक सामुदायिक विद्यालयमा सञ्चालन भइरहेको वार्षिक परीक्षामा अनुगमनको नाममा बाह्य व्यक्तिको प्रवेशलेविवाद सिर्जना गरेको छ। मोहन्याल गाउँपालिका–७ स्थित मष्ठा बण्डाली आधारभूत विद्यालयमा परीक्षा चलिरहेका बेला स्थानीयकालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जगत कडायत परीक्षा हलमै पुगेर अनुगमन गरेका हुन्।
घटनालाई विद्यालयका प्रधानाध्यापक अक्कलबहादुर सुनारले नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। उनले “आजबाटवार्षिक परीक्षा सुरु, वन उपभोक्ता समितिका अध्यक्ष अनुगमनमा” भन्ने क्याप्सनसहित फोटो फेसबुकमा पोस्ट गरेका थिए। पछि भनेउनले उक्त पोस्ट हटाउँदै गल्तीवश सार्वजनिक भएको बताएका छन्।

प्रधानाध्यापक सुनारका अनुसार कडायत विद्यालयका अभिभावक तथा पूर्व विद्यार्थीसमेत भएकाले विद्यालय आएका थिए। तरअनुगमनको रूपमा फोटो सार्वजनिक गर्नु आफ्नो त्रुटि भएको उनले स्वीकार गरेका छन्।
यता, परीक्षा सञ्चालन भइरहेका बेला जनप्रतिनिधि तथा अन्य व्यक्तिहरू समूहमा परीक्षा हलभित्र प्रवेश गर्ने प्रवृत्तिप्रति सर्वसाधारण रसरोकारवालाहरूले आपत्ति जनाएका छन्। उनीहरूले यसले विद्यार्थीको एकाग्रतामा असर पर्ने भन्दै यस्ता गतिविधि रोक्न आग्रह गरेकाछन् ।






