धनगढी । धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–२ त्रिनगर सिसा पोष्ट नजिकबाट ५ ग्राम ८३० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित प्रहरीले उनीहरुलाई सोमबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनगढी–७ का २६ वर्षीय नबिन बुढा, सोही स्थानका २६ वर्षीय राजन जोशी र गोदावरी नगरपालिका(६ का १८ वर्षीय किशोर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
धनगढीमा लागूऔषधसहित ३ जना पक्राउ
धनगढीमा लागूऔषधसहित ३ जना पक्राउ

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





