धनगढी ।चुनावी अभियानका क्रममा सुदूरपश्चिमका नेताहरूले अनेकौं खालका चर्तिकला प्रस्तुत गर्दै मतदातालाई आकर्षित गर्न लागेका छन् ।
अहिले त चुनावी मैदानमा उम्मेदवारहरू मत तान्नका लागि अनेक चटक गरिरहेका फोटो र भिडियोहरु देख्न सकिन्छ ।

नेकपा डोटीका उम्मेदवार तथा पुर्व मुख्यमन्त्री त्रिलोच भट्ट गाउँमा ढुंगा बोक्दै गरेका छन् भने, अछामका उम्मेदवार भिमबहादुर रावलले देउडा खेल्दै आफ्नो मत तान्न लागि रहेको देखिन्छ ।
कैलाली ५ का उम्मेदवार प्रेम आले क्यारिमबोर्ड खेल्दै, मित लगाउदै र कैलाली ४का उम्मेदवार आनन्द बिष्ट भने प्रत्येक दिन खसी काटेर मतदाताको मन जित्न लागेका छन् ।
सुदूरपश्चिमका उम्मेदवारहरूको यो चटक शैलीले सामाजिक मिडियामा चर्चामा ल्याएको छ ।
जब चुनावको समय नजिक हुँदै गइरहेको छ, उम्मेदवारहरूले निकै अनौठो तरिकामा मतदाता आकर्षित गर्न थालेका छन्।
ढोग नमस्कार, खसी काटि खउने,धान गोड्ने, गोठमा भकारो सोर्ने जस्ता दृष्य अहिले सामाजिक सञ्जालमा छाइरहेका छन्।
यस्ता नमुना किसिमका ‘चटक के चुनावी परिणाममा कस्तो प्रभाव प्रर्ला ।
यस पटकको निर्वाचनमा, सुदूरपश्चिमका उम्मेदवारहरूले जुन प्रकारका अनौठो र हास्यास्पद चमत्कारी चर्तिकला देखाएका छन् ।






