धनगढी । प्रधानमन्त्रीका उम्मेदवार तथा रास्वपा वरिष्ठ नेता बालेन शाहका विश्वास पात्र दिनेश सिटौलाको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक देखिएको छ । चुनावी अभियानका क्रममा बालेनसँग जाँदा अछाममा अचेत भएका सञ्चारकर्मी सिटौलाको अवस्था बुझ्न बालेन आफैँ अस्पताल पुगे ।
उनले अस्पताललाई भोलि विहान ७ बजेसम्म पर्खिन भनिदिनु भनेर अस्पतालसँग आग्रह गरेर फर्किए । त्यसपछि उनको परिवार आ`क्रोशित भएको छ । अस्पतालमा उपचारार्थ भर्ना गरिएका बिरामीको अवस्था रास्वपाले दिने होइन भन्दै सिटौलाका आफन्त आक्रोशित भएका हुन् । एक आफन्तले भने, ‘विरामीको दाइले भेन्टिलेटर खोलेर शरीर छामिसक्नुभयो, उहाँ होपलेस हुनुहुन्छ, तर अस्पताल केही बोल्दैन ।’

सिटौलाका भाइ उमेश भन्छन्, ‘अस्पतालले हामीलाई ३ बजेभित्र वास्तविक अवस्था भन्छौँ भनेको थियो, तर बालेन आएपछि भोलि ७ बजेसम्म पर्खिनुस् भनेपछि अस्पताल पनि ड`रायो ।’ उनीहरु ‘बालेनले अस्पतालको रिपोर्ट सुनाउने कि अस्पताल आफैँले दिन्छ ?’ भन्दै त्यहाँका कर्मचारीसँग प्रश्न गरिरहेका छन् । तर, जवाफ पाएका छैनन् । ४३ वर्षीय सिटौला नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका बासिन्दा हुन् । उनलाई ग्राण्डी इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको छ ।






