धनगढीका ३२ वर्षका युवा नेता रोशन शाही अहिले कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रूपमा चुनावी मैदानमा उत्रेका छन्।
उनी जनताको विश्वास जित्नका लागि निरन्तर सामाजिक काम गर्दै आएका छन् । शाही युवा शक्ति र प्रजातान्त्रिक सशक्तिकरणको पक्षमा आवाज उठाउँदै, आफ्नो उम्मेदवारीलाई समाजको समृद्धि, युवापिढीको भविष्य निर्माण गर्ने लक्ष्यका साथ लागिरहेका छन् ।
बुवा गोबिन्दबहादुर शाही र आमा ललिता देवी शाहीको कोखबाट २०५० साल सात महिना २३ गते धनगढी, कैलालीमा जन्मनु भएका शाही राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट कैलाली क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका छन्।
३२ वर्षको उमेरमा, उनले आफ्नो युवा शक्ति र जिम्मेवारीको महसुस गर्दै युवापिढीका लागि रोजगारी, शिक्षा, स्वास्थ्य सेवा र समग्र समाजिक विकासका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् ।
रोशन शाही, कैलाली जिल्लाको धनगढी नगरमा जन्मेका हुन्। उनी एक मध्यमवर्गीय परिवारबाट आएका हुन् । आफ्नो प्रारम्भिक शिक्षा स्थानीय विद्यालयबाट प्राप्त गरेका छन्।
बिगतमा पनि रोशन शाहीले युवाहरूको सशक्तिकरण र राजनीतिक सहभागिताको पक्षमा आवाज उठाउँदै आएका छन्।
उनले समाजसेवी नेता, व्यवसायी, र राजनीतिक कार्यकर्ताका रूपमा आफूलाई स्थापित गरिसकेका छन्। उनले आफ्नो जीवनका प्रमुख उद्देश्यहरूमा समाजको उत्थान, युवापिढीको सशक्तिकरण, र सामाजिक समानतालाई सधैं प्राथमिकता दिएका छन्।
व्यावसायिक यात्रा र समाजसेवी योगदान
रोशन शाहीले निर्माण व्यवसाय, फर्नीचर व्यवसाय र राइस मिल लगायतका विभिन्न व्यापारिक काम गर्दै आईरहेका छन् ।

आफ्नो व्यवसायिक दृष्टिकोण र समाजिक जिम्मेवारीका कारण, उनले समाजमा ठूलो प्रभाव पारेका छन्।
महामारीको कोरोना संकटका समयमा प्रभावकारी रूपमा आफ्नो सक्रियताले धनगढी र आसपासका क्षेत्रका नागरिकहरूको जीवनमा सकारात्मक कार्य गरेका थिए ।
कोरोना महामारीको समयमा अस्पतालहरूमा अक्सिजन बितरण गरेका थिए ।
शाहीले कारागारमा रहेका कैदीहरूको जीवनस्तर सुधार गर्नका लागि दाउरा, बाल्टी, बाटा, जग जस्ता सामग्रीहरू वितरण गरेका थिए ।
हाम्रो काम केवल संकटको समयमा राहत दिने मात्र होइन, समाजका हरेक वर्गको जीवनस्तर सुधार गर्ने हो रोशन शाहीले भने।
रोशन शाही केवल युवा नेता र समाजसेवी मात्र होइन, उनले कलाको क्षेत्रमा पनि महत्वपूर्ण कदम चाल्दै आफूलाई स्थापित गरेका छन्। उनी एक गायक र गीतकार हुन् जसले आफ्नै शब्द र आफ्नै आवाजमा गित तयार गरेका छन्।
उनका गितहरू सामाजिक सन्देश, युवापिढीको प्रेरणा, र समाजमा परिवर्तनको आवश्यकतामा आधारित छन्।
कैलाली जिल्लाको धनगढी नगरका युवा नेता, समाजसेवी शाही महामारीको बेला समाजका विभिन्न पाटोमा आफ्नो सक्रिय योगदानका लागि चर्चित छन्। उनले कोरोना महामारीको समयमा अक्सिजन वितरणदेखि कारागार सुधारका कार्यमा योगदान दिएका छन् भने, कलाको क्षेत्रका साथै संगीतकार र गायकको रूपमा पनि आफ्नो पहिचान बनाएका छन्।
उनका यी प्रयासहरूले उनलाई केवल एक समाजसेवी नेताको रूपमा मात्र नभइ, युवापिढीका लागि प्रेरणादायक व्यक्तित्वका रूपमा पनि स्थापित गरेका छन्। अहिले जनताहरुले आफुलाई बिश्वास गरेर निर्वाचनमा मत दिने उनको बिश्वास रहेको छ । धनगढीका जनताहरुले मत माग्न जाँदा गरेको माया देखेर आफु उत्साहित भएको उनको भनाई छ ।






