कञ्चनपुरमा भारतबाट भन्सार छलि ल्याइएका ७ वटा विद्युतीय स्कुटर सशस्त्र प्रहरीले बरामद गरेको छ। सीमा सुरक्षा गुल्म गड्डाचौकीलेपछिल्लो एक महिनाको अवधिमा ती स्कुटर बरामद गरी कञ्चनपुर भन्सार कार्यालयलाई बुझाएको हो।
सशस्त्र प्रहरीले असार १० गतेदेखि बरामद गरेका विद्युतीय स्कुटर भन्सार कार्यालयमा बुझाउन थालेको कञ्चनपुर भन्सार कार्यालयकासूचना अधिकारी चक्रदेव भट्टले बताए। ‘असार १० गतेदेखि सशस्त्र प्रहरीले बरामद गरेर स्कुटर भन्सारलाई बुझाउन थालेको हो,’ उनलेभने, ‘नेपालको प्रचलित कानूनअनुसार भारतबाट विद्युतीय स्कुटर ल्याउन मिल्दैन।’

उनले भारतबाट विद्युतीय स्कुटर नल्याउन कञ्चनपुरवासीलाई आग्रह गर्दै आवश्यक कागजात नभएका सवारीसाधन सुरक्षा निकायलेबरामद गर्न सक्ने बताए। ‘सुरक्षा निकाय विभिन्न स्थानमा खटिएका छन्, कागजपत्र नभएमा स्कुटर बरामद हुन सक्छ,’ उनले भने, ‘हाम्रोकानूनले भारतबाट यस्ता स्कुटर ल्याउन बन्देज गरेको छ।’
सूचना अधिकारी भट्टले विद्युतीय स्कुटर नेपालकै आधिकारिक विक्रेतामार्फत खरिद गर्न आग्रह गरेका छन्। बरामद गरिएका स्कुटरप्रचलित कानूनी प्रक्रिया पूरा गरी लिलामी गरिने उनको भनाइ छ।






