सुदूरपश्चिम विश्वविद्यालयको तीनतले भवनबाट हाम फालेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। शनिबार दिउँसो बेदकोटनगरपालिका–४ का २३ वर्षीय उत्तम कार्कीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरीकार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले बताए।
कार्की शनिबार बिहान विश्वविद्यालयमा बीएचएमको प्रवेश परीक्षा दिन पुगेका थिए। सोही क्रममा उनले विश्वविद्यालयको तीनतलेभवनको छतबाट हाम फालेका थिए। घटनापछि उनलाई तत्काल महाकाली अस्पताल पु–याइएको थियो।

त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको थियो। जहाँ उपचारकै क्रममा उनकोमृत्यु भएको प्रहरीले जनाएको छ। उनले छतबाट हाम फाल्नुको कारण हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेकोप्रहरीले जनाएको छ।






