प्रधानमन्त्री वालेन्द्र शाहज्यूले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न संवेदनशील परिस्थितिलाई समाधान गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट परेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सबै अंगहरू उच्च सतर्कतामा रहेकाले नागरिकलाई संयमित रहन र विचलित नहुन आग्रह गरे ।
प्रधानमन्त्रीले सरकारको प्राथमिकता पीडित नागरिकसम्म पुग्नु, उहाँहरूलाई सुरक्षित अनुभव गराउनु, घटनाको निष्पक्ष छानबिन गर्नु र थप गलत क्रियाकलाप हुन नदिनु रहेको बताए। साथै, उनले सांसदहरूलाई आआफ्ना निर्वाचन क्षेत्रमा पुगेर थप हिंसा फैलिन नदिन, जनताको दुःख-सुखमा उभिन र राज्य एवं नागरिकबीच विश्वासको बलियो पुल बन्न अनुरोधसमेत गरेका छन् ।







