राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुली क्षेत्र नम्बर १ का सांसद धनेन्द्र कार्की लेनदेन विवादमा मुछिएका छन् । चितवनको खैरहनी नगरपालिकामा११ महिनाअघि किनेको दुई तले घरको १८ लाख रूपैयाँ उनले तिर्न बाँकी छ ।
सांसद कार्कीले चितवनको खैरहनीमा भएको मनोज महतोको घर किनेका थिए । घरधनी महतो विदेश जाने भएपछि उनले घर बिक्रीगरेका हुन् । सांसद कार्कीले एक करोड रुपैयाँमा घर किनेर ७० लाख रूपैयाँ तत्काल भुक्तानी गरे ।

बाँकी ३० लाख रुपैया लिन समयलाग्ने भएपछि घरधनी महतोले ससुरा रुदल महतोको खातामा हाल्ने गरी सहमति गरेका थिए ।
सहमति अनुसार कार्कीले समयमै पैसा दिन नसकेनन् । उनले दिएको आइसीएफसी बैंकको चेक साटिएन । रुदलले गत फागुन २१कोनिर्वाचनअघि उनले दिएको चेक बाउन्स गराएर प्रहरीमा मुद्दा दिए । त्यसपछि उनको बैंक खातासमेत रोक्का भएको थियो ।घर किनेको पैसा चुक्ता गर्न नसकेका रास्वपा सांसदलाई कालोसूचीमा राख्न बैंकमा निवेदन
मुद्दाका कारण सपथग्रहणमै अड्चन पैदा भएपछि कार्कीले १० लाख रुपैयाँ दिएर मुद्दा फिर्ता लिन लगाएका थिए । गत असोजयताआफूले १० लाख नगद, २२ लाखको चेक र फेरि ५ लाख रुपैयाँ नगद पाएको महतोले नेपाल प्रेसलाई बताएका छन् । यसरी कार्कीले १करोड सावाँमा पटकपटक गरी ८५ लाख भुक्तानी गरेका छन् ।
अब ब्याजबाहेक १५ लाख रुपैयाँ तिर्न बाँकी छ । ब्याजको यकिन हिसाब निकालिसकेको महतोको भनाइ छ । सांसद कार्कीले भनेब्याजसहित १८ लाख रुपैयाँ तिर्न बाँकी रहेको बताए ।
गत फागुन २८ गते कार्कीले दिएको २२ लाख रुपैयाँको चेक नसाटिएपछि महतोले हिजो मात्रै चेक बाउन्सको प्रमाणपत्र प्रभू बैककोभरतपुर शाखाबाट लिएका हुन् । उनले कार्कीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्न निवेदनसमेत दिएका छन् । आज बैंकमाफलोअप गर्दा उक्त निवेदन राष्ट्रबैंकमा फरवार्ड गरिएको र कालोसूचीको प्रक्रियामा रहेको जानकारी पाएको महतोले बताए ।घर किनेको पैसा चुक्ता गर्न नसकेका रास्वपा सांसदलाई कालोसूचीमा राख्न बैंकमा निवेदन पटक–पटक अनुरोध गर्दा पनि रकम भुक्तानी नभएपछि आफू कानूनी प्रक्रियामा जान वाध्य भएको उनको भनाइ छ । उनले प्रहरीमा भनेमुद्दा हालिसकेका छैनन् ।
रास्वपा सांसद कार्कीले भने समस्या परेको भनेर अनुरोध गरेपपछि आफूले घर किनिदिएको दावी गरे । आजै सबै रकम भुक्तानी गरिदिनेसमेत उनले बताएका छन् ।






