कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर –३ विशालनगरमा एक ऊर्जावान् र जेहेन्दार १८ वर्षीय युवक बिराज ताम्रकारकोरहस्यमय अवस्थामा कोठामा झुन्डिएको शव फेला परेको छ।
कोभिडा इन्टरनेसनल एकेडेमीबाट कक्षा १० मा A+ जस्तो उत्कृष्ट नतिजा ल्याएर उत्तीर्ण भएका र हाल एरिस्टो कलेजमा कक्षा ११ माअध्ययनरत बिराज, रमेश ताम्राकार र अमृता बोगटी ताम्रकारका जेष्ठ छोरा हुन्।

स्थानीय होमनाथ ढकालको ६ वटा कोठा भएको घरमा भाडामा बस्दै आएका बिराज हाल कोही नबस्ने गरेको एउटा खाली कोठामा मृतफेला पर्नुले घटनालाई शङ्कास्पद बनाएको छ।
प्रेम सम्बन्ध र ज्यान मार्ने धम्कीको गम्भीर आरोप!
स्थानीय स्रोत, साथीभाइ र पीडित परिवारका अनुसार बिराज आरोही सुवेदी नामकी युवतीसँग प्रेम सम्बन्धमा थिए। प्रेम सम्बन्धकैकारण केटीका बुबाले बिराजलाई पटक–पटक ज्यान मार्ने डर–धम्की दिँदै आएको परिवार र साथीभाइको ठाडो दाबी छ। धम्कीकैकारण बिराजले यो कठोर कदम चाल्नु परेको हो वा यसको पछाडि अर्कै कुनै रहस्य छ? यो गम्भीर प्रश्न खडा भएको छ।
प्रहरी प्रशासनसँग माग: निष्पक्ष अनुसन्धान होस् !
एउटा उदाउँदो तारा, आमाबाबुको जेठो छोरो र समाजको आशालाग्दो विद्यार्थी यसरी अस्ताउनु सामान्य विषय होइन। घटनाको प्रकृति रपरिवारको गम्भीर आरोपलाई मध्यनजर गर्दै प्रहरीले कुनै पनि दबाबमा नपरी सत्यतथ्य छानबिन गरोस् र दोषीलाई कानुनी दायरामाल्याइयोस्!






