धनगढीको नवजीवन अस्पतालमा युवतीको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका– ६ बस्ने २२ वर्षीया सानु बिकको उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार टन्सिलसम्बन्धी समस्याको उपचारका लागि उनलाई नवजीवन अस्पताल भर्ना गरिएको थियो । ९ जेठमा शल्यक्रियागरेर डिस्चार्ज भएर घर फर्किएकी बिकको स्वास्थ्य पुनः बिग्रिएको थियो ।

मुखबाट रगत बग्न थालेपछि मंगलबार फेरि उपचारका लागि अस्पताल ल्याइएको थियो । उनलाई आईसीयूमा राखेर उपचारभइरहेकोमा बुधबार बिहान २ः४६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्युपछि आफन्तजनले चिकित्सकको लापरबाहीका कारण घटना भएको आरोप लगाउँदै अस्पताल परिसरमा विरोध जनाएका छन्।स्थिति नियन्त्रणमा लिन र सुरक्षा व्यवस्था कडा पार्न प्रहरी टोली परिचालन गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीलेजनाएको छ।






