रुकुम पश्चिममा १० केजी अफिमसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका—३, कैनका अन्दाजी २८ वर्षीय खड्क पुन, सोही ठाउँका ३० वर्षीय बृहस्पति पुन थापा, बाँकेको कोहलपुर नगरपालिका—२, शान्तिनगरका ३६ वर्षीय रामबहादुर सार्की र १८ वर्षीय सुरज विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार, उनीहरूलाई आठबिसकोट नगरपालिका—१४छेपारेबाट नियन्त्रणमा लिइएको हो ।
‘उनीहरूको साथबाट १० केजी १६० ग्राम अफिम पनि हामीले बरामद गरेका छौं,’ उनले भने, ‘उनीहरू जाजरकोटको कालिमाटीबाट लु २ख ५११५ नम्बरको फोर्स गाडीमा नेपालगन्जतर्फ जाँदै थिए ।’
प्रहरीले चेकजाँचको क्रममा गाडीको पछाडि डिक्कीमा बेसारको बोरा फेला पारेको थियो । तर खोलेर हेर्दा अफिम फेला परेको प्रहरीनिरीक्षक पुनले बताए ।
सोमबार अदादलबाट म्याद थप भएर अनुसन्धान भइरहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।






