धनगढीको माया मेट्रो हस्पिटलले आन्तरिक राजश्व कार्यालयलाई कर तिरिसकेको पाइएको छ ।
मंगलबार गोरखापत्र दैनिकमा कर बक्यौता नतिर्ने ५३ व्यापारिक फर्मको सूचीमा माया मेट्रो हस्पिटलको नाम पहिलो नम्बरमा राखिएकोछ ।

तर हस्पिटलले आर्थिक वर्ष २०८१/८२ को दुई करोड ५९ लाख कर तिरिसकेको भन्दै बक्यौता रकम हटाइदिन भन्दै २५ चैत २०८२ माराजश्व कार्यालयलाई पठाएको छ ।
तर, मंगलबार भने हस्पिटलको नाम कर बक्यौता नबुझाउने सूचीमा राखेकारो पाइयो । आन्तरिक राजश्व कार्यालयले समेत माया मेट्रोहस्पिटलले कर बुझाएको विवरणसहित पत्र चैतमै दिइसकेको पुष्टि गरेको छ ।
तर, हस्पिटलले कारारोबार विवरण अपडेट नगर्दा कर विवरण र कारोबार भिडाउज नसक्दा आयकरको बक्यौता भिडाएर यकिन गर्ननमिलेको बताए ।
हस्पिटलले विवरण हालेपछि विवरण रूजु गर्न सकिने र त्यसपछि मात्रै हस्पिटलले तिर्न बाँकी रहे नरहेको स्पष्ट हुने राजस्व कार्यालयले जनाएको छ ।






