धनगढी। डोटीको के.आई.सिंह गाउँपालिका–४ वायल, चन्केसैन स्थायी घर भई हाल धनगढी बसोबास गर्दै आएका एक बालक हराएका छन्।
के.आई.सिंह गाउँपालिका–४ वायल निवासी नवराज जोशीका नाती तथा बासुदेव जोशीका छोरा *सुरज जोशी* हिजो साँझ करिब ८ बजे बसोबास गरिरहेको कोठाबाट निस्किएपछि हालसम्म सम्पर्कविहीन भएका हुन्। सुरज धनगढीस्थित पञ्चोदय स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्।

परिवारका अनुसार सुरजले कालो टी–सर्ट र निलो हाफ पाइन्ट लगाएका थिए। उनीसँग साइकल समेत हुन सक्ने अनुमान गरिएको छ। शारीरिक बनोट अनुसार उनी अलि कालो र पातलो छन्।
बालक अहिलेसम्म न त कोठामा फर्किएका छन्, न त आफन्त तथा चिनजानका ठाउँमा फेला परेका छन्। यस घटनापछि परिवार अत्यन्तै चिन्तित बनेको छ।






