धनगढी १६ बेहडाबाबा मन्दिर परिसरमा सञ्चालन हुने रमाइलो मेलाको ठेक्का सुचना बिनै ३ वर्षे सम्झौता गरेपछि बिवाद बढेको छ ।सम्झौता प्रक्रिया बिनतै एकलौटी बिना प्रतिस्पर्धा नगराई सम्झौता गरेपछि माथि प्रश्न उठेको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्षखेम बहादुर चन्दलाई सार्वजनिक सूचना बिना नै तीन वर्षका लागि सम्झौता गरेको आरोप लागेको छ।
रुक्मणी टेन्ट हाउसका सञ्चालक सुरेश शाहले मन्दिर व्यवस्थापन समितिले एक वर्षको सूचना निकालेर पछि “आपसी समझदारी” कोनाममा तीन वर्षे सम्झौता गरेको भन्दै आपत्ति जनाएका छन्। शाहले स्थानीय व्यवसायीलाई प्राथमिकता नदिइएको र भारतीय नागरिकलेनेपाली नागरिकका कागजपत्र प्रयोग गरेर ठेक्का लिएको आरोप समेत लगाए।

शाहले भने, “सम्झौताको सूचना एक वर्षका लागि थियो तर पछि तीन वर्षको सम्झौता गरिएको छ। स्थानीयलाई बेवास्ता गरेर बाहिरीव्यक्तिलाई प्राथमिकता दिइयो।” उनले भन्सार सम्बन्धी प्रक्रिया र राजस्व तिर्ने विषयमा समेत प्रश्न उठाएका छन्। शाहका अनुसारमेलासँग सम्बन्धित सामग्री भन्सार गर्दा तीन महिनाको धरौटी काटिएको हुन्छ र उक्त अवधि समेत पूरा भइसकेको दाबी गरे। “राजस्वसमेत पूर्ण रूपमा नतिरेको हुनसक्ने रुक्मणी टेन्ट हाउसका सञ्चालक शाहले संका व्यक्त गरे।
यता बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेम बहादुर चन्दले भने सम्पूर्ण प्रक्रिया कार्यसमितिको निर्णयअनुसार भएकोबताएका छन्। उनले कुनै व्यक्तिगत मनोमानी नभएको दाबी गर्दै तीन वर्षका लागि बाल उद्यान सञ्चालन गर्ने सम्झौता गरिएको स्पष्टपारे।
अध्यक्ष चन्दका अनुसार व्यवस्थापन समितिले ११ लाख रुपैयाँमा बालामुखीका सञ्चालक सोनी खानसँग सम्झौता गरेको हो। उनलेसोनी खान र सुरेश शाहलाई आपसी समझदारी गरेर मन्दिर व्यवस्थापन समितिलाई ११ लाख बुझाउने गरी संयुक्त रूपमा रमाइलो मेलासञ्चालन गर्न सुझाव दिएको समेत बताए।
तर रुक्मणी टेन्ट हाउसका सञ्चालक शाहले भने आफ्नो सम्झौता प्रत्यक्ष रूपमा मन्दिर व्यवस्थापन समितिसँग हुनुपर्ने अडान राखेकाछन्। उनले सम्झौताभित्र आपसी लेनदेन सम्बन्धी विषय समेत जोडिएको हुनसक्ने आशंका व्यक्त गरे। यहीँ विषयमा थप जानकारीलिनको लागि सम्पर्क गर्न खोज्दा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्दले फोन उठाएनन्। स्रोत:- सुदूरपत्र बाट साभार






