बैतडीमा दुव्र्यवहार गरेको भन्दै प्रधानाध्यापकलाई कालोमसो र जुताको माला लगाएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। शिवनाथ गाउँपालिका–४ को पिपलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझामाथि कालोमोसो लगाएर सार्वजनिकरुपमा बेइज्जत गराएको भन्दै प्रहरीले महिलासहितका चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ओझामाथि दुव्र्यवहार गरे(प्रेसपत्र)को आरोप लगाउने ३८ वर्षीया महिला तारा महता, उनका श्रीमान प्रेम महता, मोहन महतार शकुन्तला महता रहेको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी)ओमबहादुर रानाले जानकारी दिए ।

उनकाअनुसार चारै जनालाई इलाका प्रहरी कार्यालय मेलौलीबाट खटिएको टोलीले शुक्रबार दिउँसो घरबाटै पक्राउ गरेको हो ।उनीहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने प्रहरीले जनाएको छ ।
डीआईजी रानाले उनीहरुलाई कानुन बमोजिम कारवाही गरिने जानकारी दिए । पिपलकोट माध्यमिक विद्यालयमा (प्रेसपत्र)शिक्षककालागि तारा महताले परीक्षा दिएकी थिइन् ।प्रधानाध्यापकलाई आर्थिक प्रलोभन देखाएर जसरी पनि उनलाई जागिर खुवाउन दबाबदिएका थिए ।
तर, पहिलो परीक्षामै उनी फेल भएकी थिइन् । त्यसपछि आक्रोशित बनेका महताको परिवारले प्रधानाध्यापक ओझामाथि कालोमोसोदल्दै जुताको माला लगाएर सार्वजनिक रुपमा बेइज्जत गरेका थिए ।
उनीहरुले ओझाको घाँटीमा म अपराधी हुँ भन्ने पम्प्लेट समेत हालेका थिए । तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछिघटनाबारे प्रहरीले चासो देखाएको थियो । प्रेसपत्रबाट सभार






