कैलालीमा अनलाइनमार्फत गेम खेलाउने भन्दै लाखौँ रकम ठगी गरेको प्रकरणमा पक्राउ परेका मेयरका छोरासहितलाई सरकारीवकिलले मुद्दा नचलाउने निर्णय गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनलाइन गेम खेलाएर ठगी गरेको आरोपमा गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टका छोराप्रशान्त भट्ट, गोदावरीकै सुवास भाट र बैतडीको दशरथचन्द नगरपालिकाकी देवकी पाण्डेलाई पक्राउ गरेको थियो ।

अनुसन्धान सकेर प्रहरीले सरकारी वकिलको कार्यालयमा फाइल पेश गरेको थियो । तर सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउनेनिर्णय गर्दै पक्राउ परेका तीनै जनालाई छाड्न प्रहरीलाई निर्देशन दिएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गर्दैथुुनामुुक्त गर्न निर्देशन दिएपछि उनीहरुलाई मंगलबार छाडिएको बताए । उनकाअनुसा मेयर भट्टका छोरा प्रशान्तलाई दुई दिनअघिमात्रै नियन्त्रणमा लिइएको थियो ।
छोरा पक्राउ पर्नुअघिदेखि जिप्रका आउजाउ बाक्लो बनाएका मेयर भट्टले प्रहरी मार्फत द्रुत गतिमा मुद्दा अघि बढाएको बताइन्छ ।अनलाइन गेम खेलाउने भन्दै ठगीमा परेपछि कञ्चनपुरको वेदकोटकी सरस्वती भट्टले गोदावरीका सुवास भाटविरुद्ध मुद्दा दिएकी थिइन् ।
भाट पक्राउ परेपछि ठगीमा मेयर पुत्रको कनेक्सन देखिएको थियो । त्यसपछि प्रहरीले मेयर पुत्रविरुद्ध पक्राउ पुुर्जी लिएको थियो । योप्रकरणमा ठूलो गिरोह संलग्न रहदै लाखौँको ठगी भएपनि प्रहरी र सरकारी वकिल कार्यालयले समान्य रुपमा लिएर मुद्दा नचलाउनेनिर्णय लिएर आरोपीलाई छाडेको छ ।






