पोखरा/२०८१ सालको पुस महिनामा उत्कृष्ट प्रहरीका रूपमा सम्मानित भएका कास्की प्रहरीका वरिष्ठ हवलदार विष्णु थापा क्षेत्री घुससहित रंगेहात पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले शनिबार साँझ ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो। स्रोतका अनुसार उनले लागू औषध सम्बन्धी मुद्दा मिलाइदिने भन्दै कुल ३ लाख रुपैयाँको डिल गरेका थिए।
अपराध अनुसन्धान शाखामा कार्यरत रहँदा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर मुद्दामा उत्कृष्ट काम गरेको भन्दै केही महिनाअघि मात्र उनी सम्मानित भएका थिए। तर, त्यसपछि उनीमाथि सेवाग्राहीसँग बार्गेनिङ गर्ने, फाइल लुकाउने र बारम्बार दुःख दिने आरोप लाग्दै आएका थिए।
थापाविरुद्ध अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र, मुख्यमन्त्री कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरी परेका थिए। पहुँचका आधारमा दरबन्दी बाहिर काज सरुवा भई लामो समयदेखि मुद्दा फाँटमै कार्यरत रहेको समेत खुलासा भएको छ।
अख्तियार कार्यालय पोखराका अनुसार थापामाथि थप अनुसन्धान भइरहेको छ।
‘उत्कृष्ट प्रहरी’ थापा घुसकाण्डमा रंगेहात पक्राउ, ५० हजारसहित अख्तियारको फन्दामा
‘उत्कृष्ट प्रहरी’ थापा घुसकाण्डमा रंगेहात पक्राउ, ५० हजारसहित अख्तियारको फन्दामा

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





