सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार कैलालीको लम्कीचुहा–४ बलियामा यातायात व्यवस्था सेवाकार्यालयको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री शाहले ‘लम्कीचुहा प्रादेशिक अस्पताल’को विषय पनि उठाए ।‘अस्पतालका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले साढे चार करोड रुपैयाँ विनियोजन गरेको छ,’ उनले भनेका थिए, ‘यदि अझपनि प्रक्रिया अगाडि बढ्न सकेन भने बजेट फ्रिज हुन्छ ।’ लम्कीचुहा नगरपालिकाको नाम नलिएरै मुख्यमन्त्री शाहले भ्रम सिर्जना गर्नेकाम नगर्न पनि चेतावनी दिए ।
मुख्यमन्त्री शाहले उक्त अभिव्यक्ति दिएको भोलिपल्ट अर्थात् शनिबार लम्कीचुहा नगरपालिकाका मेयर सुशीला शाहीले ‘मुख्यमन्त्रीलेभ्रामक अभिव्यक्ति दिएको’ भन्दै विज्ञप्ति नै जारी गरेकी छन् । शाह नेपाली कांग्रेसबाट विजयी भएर प्रदेशको मुख्यमन्त्री छन् भनेसुशीला शाही पनि कांग्रेसबाटै निर्वाचित मेयर हुन् । मुख्यमन्त्री शाहको गृहनगर पनि लम्कीचुहा नै हो ।

मेयर शाहीले विज्ञप्ति जारी गर्दै बलपूर्वक निर्णय लाद्ने काम बन्द गर्न आग्रह गरेकी छन् । ‘कर्मचारी व्यवस्थापन नहुँदै गरिएकोसमिति विघटन, स्पष्ट कार्यढाँचा र सम्मानजनक सहमतिसहित प्रदेश सरकारले वार्तामा बोलाए दुई दिनभित्रै समस्या समाधान गरीअस्पताल सञ्चालन गर्न नगरपालिका तयार छ,’ मेयर शाहीले भनेकी छन्, ‘अन्यथा स्थानीय सरकारको अधिकार मिच्ने, मुद्दालाईराजनीतिकरण गर्ने र बलपूर्वक निर्णय लाद्ने कार्य जारी रहेमा नगरपालिका कानुनी, प्रशासनिक र जनस्तरका सबै वैधानिक विकल्पप्रयोग गर्न बाध्य हुनेछ । त्यसको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिनुपर्नेछ ।’
मुख्यमन्त्री शाहले भ्रामक, तथ्यहीन र द्वन्द्व उक्साउने अभिव्यक्ति दिएको आरोप मेयर शाहीको छ । ‘अधिनायकवादी शैलीमा भ्रमफैलाएर अस्पताल परिसर, कर्मचारी वा सर्वसाधारणमाथि कुनै हिंसात्मक घटना भएमा त्यसको नैतिक र राजनीतिक जिम्मेवारीमुख्यमन्त्री र सामाजिक विकासमन्त्रीले लिनुपर्नेछ,’ उनले भनेकी छन्, ‘तसर्थ, स्थानीय स्वायत्तताको सम्मान गर्दै कानुनी प्रक्रिया रसंस्थागत समझदारीबाट मात्र अघि बढ्न प्रदेश सरकारलाई जोडदार आग्रह गर्दछौँ ।’
के हो विवाद ?
१५ शय्याको लम्कीचुहा अस्पताल विगतदेखि नै नगरपालिकाले सञ्चालन गर्दै आएको थियाे । ४ पुस २०८१ मा लम्कीचुहानगरपालिकाले प्रदेश सरकारलाई पत्र पठाउँदै प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गरिदिन अनुरोध गर्यो । सोही वर्षको २१फागुनमा प्रदेश सरकारले संघीय सरकारलाई लम्कीचुहा अस्पताललाई प्रदेश मातहत सञ्चालनका लागि अनुमति माग्यो । २६ जेठ२०८२ मा संघीय सरकारको मन्त्रिपरिषद् बैठकले १५ शय्याको साे अस्पताललाई ५० शय्यामा स्तराेन्नति गरी प्रदेश मातहतसञ्चालन गर्ने निर्णय गर्याे ।
संघले प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय गरेको सात महिनापछि प्रदेशको सामाजिक विकास मन्त्रालयले २० पुस २०८२ मा सम्झौताकालागि उपस्थित भइदिन आग्रह गर्दै लम्कीचुहाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाएको थियाे । उक्त पत्रमा २३ गतेभित्रैसम्झौताका लागि उपस्थित हुन अनुरोध गरिएको छ । तर, लम्कीचुहा नगरपालिकाले सम्झौताका लागि प्रतिनिधि नपठाएपछिसामाजिक विकास मन्त्रालयले ७ माघमा दोस्रोपटक सम्झौताका लागि नगरपालिकालाई पत्र पठाएको छ । तर, दोस्रो पत्रमापनि नगरपालिका भने सम्झौता गर्न तयार भएन ।
अस्पताल हस्तान्तरणको सम्झौता नहुँदै प्रदेश सरकारले १ चैतमा विकास समिति गठन गरिएपछि नगरपालिकाले विरोध जनाउँदै आएकोछ । नगरप्रमुख शाहीले आफूलाई कुनै जानकारी नै नदिएर विकास समिति गठन गरिएको भन्दै आपत्ति जनाउँदै आएकी छन् ।
मुख्यमन्त्री शाहकै बलमा मेयरको टिकट पाइन्, अहिले उनैसँग किन भिड्दैछिन् शाही ?
२०७८ फागुनमा नेपाली कांग्रेस कैलालीको चुनावी अधिवेशन भएको थियो । त्यस बेला जिल्ला सभापतिका लागि तत्कालीन संस्थापनपक्ष (शेरबहादुर देउवा)का नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा इतर पक्षका रामबहादुर कलेल प्रतिस्पर्धामा थिए । पहिलोचरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत हासिल गर्न सकेनन् ।
बम एक हजार १६९ मतसहित अग्रस्थानमा रहँदा भट्ट एक हजार ०७२ मतका साथ दोस्रो स्थानमा थिए भने कलेलले १९७ मत पाएर तेस्रोस्थानमा सीमित भएका थिए ।
दोस्रो चरणको निर्वाचानमा कलेल पक्षले बमलाई समर्थन गर्ने निर्णय गरेको थियो । तर, इतर पक्षमा एकमत हुन सकृन । त्यसबेला इतरपक्षमै रहेका कमलबहादुर शाहले तत्कालीन संस्थापन पक्ष (देउवा पक्ष) का भट्टलाई समर्थन गर्ने घोषणा गरे । शाहको त्यही निर्णयकैकारण भट्ट २६३ मतअन्तरले विजयी भएका थिए ।
शाहले समर्थन गर्दा सात बुँदे समझदारी गरेको कुरा केहीपछि सार्वजनिक भएको थियो । समझदारीका मुख्य बुँदाका रूपमा २०७९ कोप्रदेशसभा निर्वाचनमा शाहले टिकट पाउने र लम्कीचुहा नगरपालिकाको प्रमुखमा उनकै रोजाइका व्यक्तिलाई उम्मेदवार बनाउने भनिएकोथियो ।
२०७९ सालमा स्थानीय तह निर्वाचन आयो । लम्कीमा नगरप्रमुखकाे टिकट भक्तबहादुर थापालाई दिइयो । तर, शाहले अधिवेशनकाबेला भएको सम्झौता स्मरण गराउँदै कार्यान्वयन गर्न दबाब दिए । शाहको दबाबकै कारण थापालाई दिइएको टिकट रद्द गरेर सुशीलाशाहीलाई मेयर पदको उम्मेदवार बनाइएको थियो ।
शाही लम्कीचुहाको मेयरमा निर्वाचित भइन् भने शाह आफू प्रदेशसभाको टिकट लिएर जित हात पार्दै मुख्यमन्त्री छन् । मुख्यमन्त्रीशाहको पहिलो कार्यकालसम्म मेयर शाही र शाहको सम्बन्ध ठिकठाक थियो । तर, दोस्रोपटक कांग्रेसले मुख्यमन्त्री पाउँदा मेयर शाहीप्रकाश देउवालाई मुख्यमन्त्री बनाउने लबिङमा जुटेपछि दुई नेताको सम्बन्धमा तित्तता आएको चर्चा चलेको थियो । त्यसबाहेकमुख्यमन्त्री शाहले लम्कीमा आयोजना हुने कार्यक्रममा पटकपटक आफ्नो अपमान हुँदै आएको पनि बताउने गरेका छन् ।






