सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेका नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा प्रक्रिया अघि बढाउन गृह मन्त्रालयले तयारी तीव्रपारेको छ। महिनौँदेखि रोकिएको बढुवा अब छिट्टै अघि बढाउने तयारी भइरहेको स्रोतले जनाएको छ।
हाल सशस्त्र प्रहरी बलमा सात वटा डीआईजी पद रिक्त रहेका छन्। लामो समयसम्म बढुवा नहुँदा संगठनको कमाण्ड संरचना र वृत्तिविकासमा असर परेको बताइन्छ। यही अवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयले प्रक्रिया अगाडि बढाउने गृहकार्य थालेको हो।

सुधन गुरुङ नेतृत्वको गृह मन्त्रालयले यसपटक बढुवा प्रक्रियामा कडाइ गर्ने संकेत दिएको छ। विगतमा ‘सोर्स–फोर्स’ र राजनीतिकपहुँचका आधारमा बढुवा भएको भन्दै आलोचना हुँदै आएको सन्दर्भमा अब पेशागत योग्यता, कार्यक्षमता र ईमान्दारितालाई प्राथमिकतादिने तयारी गरिएको छ। यसका लागि केही अधिकृतलाई ‘नकारात्मक सूची’मा राख्ने आन्तरिक तयारीसमेत रहेको स्रोतको दाबी छ।
बढुवा प्रक्रियालाई निष्पक्ष बनाउन गृहमन्त्रीले गृहसचिवलाई स्पष्ट म्यान्डेट दिएको बताइएको छ। आवश्यक परे डीआईजीका आकांक्षीसशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको अन्तर्वार्ता स्वयं गृहमन्त्रीले लिने तयारी गरिएको छ, जसलाई बढुवा प्रक्रियामा नयाँअभ्यासका रूपमा हेरिएको छ।
स्रोतका अनुसार यसपटक जेष्ठता मात्र होइन, कार्यसम्पादन, आचरण र विगतको भूमिकासमेत मूल्याङ्कन गरिनेछ। यसले गर्दापछिल्लो जेष्ठताका अधिकारीहरू पनि प्रतिस्पर्धामा आउन सक्ने अनुमान गरिएको छ।
गृहमन्त्री गुरुङले हालै सशस्त्र प्रहरी बलका विभिन्न संरचना र तालिम प्रतिष्ठानको निरीक्षण गर्दै संगठनलाई अझ व्यावसायिक, सक्षम रजनविश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। प्रस्तावित मापदण्डअनुसार बढुवा प्रक्रिया अघि बढेमा संगठनभित्र पारदर्शिताबढ्ने र मनोबल उकासिने अपेक्षा गरिएको छ।






