गृहमन्त्री सुधन गुरुङले नारायणहिटी दरबार ह‘त्याकाण्डबारे नयाँ छा‘नबिन अघि बढाउन निर्देशन दिएको दुई महिना बितिसक्दा पनिअ‘नुसन्धान औपचारिक रूपमा अघि बढ्न सकेको छैन।
गृह मन्त्रालयले हाल २५ वर्ष पुरानो उक्त घटनासँग सम्बन्धित अघिल्लो प्रतिवेदन तथा अन्य उपलब्ध विवरणको आन्तरिक अध्ययनगरिरहेको जनाएको छ। तर, नयाँ अनुसन्धानका लागि छुट्टै समिति गठन, छा‘नबिनको कार्यविधि वा औपचारिक निष्कर्षबारे सार्वजनिकरूपमा कुनै जानकारी दिइएको छैन।

पुरानो प्रतिवेदन र नयाँ छानबिनको तयारी
नारायणहिटी दरबार ह‘त्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्रसहित राजपरिवारका अन्य सदस्यको मृ‘त्युभएको थियो।
तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाटको नेतृत्वमा गठित छानबिन समितिले युवराजदीपेन्द्रलाई उक्त ह‘त्याका‘ण्डको जिम्मेवार ठ‘हर गरेको थियो।
तर, घट‘नाबारे विभिन्न समयमा प्रश्न र वि‘वाद उठ्दै आएपछि सरकारले पुनः अ‘नुसन्धानको सम्भावना अध्ययन गर्न थालेको हो।
मुख्य प्रमाणकै अभावले नयाँ अ‘नुसन्धान क‘ठिन
गृह मन्त्रालयसम्बद्ध अधिकारीहरूका अनुसार घ‘टनासँग सम्बन्धित पोस्टमार्टम रि‘पोर्ट, ब्यालिस्टिक प‘रीक्षण तथा घ‘टनास्थलकोविस्तृत प्रमाण सूची जस्ता महत्वपूर्ण सामग्रीको अभाव वा उपलब्धतासम्बन्धी समस्याले नयाँ अ‘नुसन्धानलाई चु‘नौतीपूर्ण बनाएको छ।
गृहमन्त्रीका निजी सचिव जेम्स कार्कीले पनि मन्त्रालयभित्र घट‘नासम्बन्धी आन्तरिक अध्ययन जारी रहेको जानकारी दिएका छन्।यद्यपि, यसबारे औपचारिक रूपमा सार्वजनिक घोषणा भने गरिएको छैन।
पूर्व डीआईजी हेमन्त मल्लका अनुसार महत्वपूर्ण भौतिक तथा फरेन्सिक प्रमाणको अभावमा अहिले आएर अभियोग चलाउन पुग्ने स्तरकोनिष्कर्षमा पुग्नु अत्यन्त क‘ठिन हुन सक्छ।
२५ वर्ष पुरानो र नेपालको इतिहासकै सबैभन्दा रह‘स्यमय घट‘नामध्ये एक मानिने नारायणहिटी दरबार ह‘त्याका‘ण्डको फाइल फेरिचर्चामा आए पनि दुई महिनापछि पनि छानबिन ‘अध्ययन’कै चरणमा सीमित देखिएको छ।






