बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणले गम्भीर मोड लिएको छ। हिजो राति भएको भनिएको पाँचबुँदेसहमतिप्रति असन्तुष्टि जनाउँदै पीडित परिवारले त्यसलाई ठाडै अस्वीकार गरेको छ।
घटनाले न्यायको माग गर्दै शोकाकुल परिवारलाई थप आन्दोलित बनाएको छ। न्यायको खोजीमा भौंतारिएका बालिकाका बुवा आक्रोशर पीडਾ मिसिएको स्वरमा प्रश्न गर्छन्, “दुधे बालिकाले के बिगारेको थियो र? उनले न्याय पाउनु पर्यो।“

स्थानीय प्रशासन र सरोकारवालाबीच भएको सहमतिको विरोध गर्दै परिवारले उच्च तहका नेतृत्वको प्रत्यक्ष उपस्थिति र आश्वासनखोजेका छन्। “प्रधानमन्त्री, गृहमन्त्री र कानुनमन्त्री आफैँ आएर हामी पीडितलाई सान्त्वना दिनुपर्यो,” बालिकाका बुवाको माग छ।
प्रारम्भिक अनुसन्धानबाट जघन्य अपराधको रूपमा बाहिर आएको यस घटनापछि स्थानीय बासिन्दा र परिवारले दोषीमाथि कडाकारबाही र भरपर्दो सुरक्षाको प्रत्याभूतिका लागि अडान कायमै राखेका छन्। कागजी सहमतिभन्दा पनि वास्तविक न्याय र मन्त्रीहरूकोप्रत्यक्ष उपस्थितिको मागसहित सिमराको तनाव अझै साम्य हुन सकेको छैन।
यस दुःखद घटनाको न्यायोचित छानबिन र पीडित परिवारले न्याय पाउनुपर्ने विषयमा तपाइँको के धारणा छ?






