नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी भ्र–ष्टा‘चार मु–द्दामा नेपाल प्रहरीका एसएसपी दोषी ठहर भएका छन्। प्राविधिक एसएसपीलालबाबु गिरीलाई विशेष अदालतले बिहीबार दोषी ठहर गरी पाँच हजार रुपैयाँ जरि–वाना सुनाएको हो । न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र उमेश कोइरालाको इजलासले दोषी ठहर गरेको हो।
बिहारमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भन्दै नक्क*ली शैक्षिक प्रमाणपत्र पेस गरी उनले ०५२ सालमा नेपाल प्रहरीमा सइ पदबाटजागिर खाई पछिल्लो समय प्रहरी अस्पतालमा एसएसपीका रूपमा कार्यरत थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ८पुसमा उनी विरुद्ध मु–द्दा दायर गरेको थियो। गिरीले पेस गरेको रोल नम्बर ७१८ नम्बरको क्रमसंख्या नभेटिएको भनेर बिहार स्कुल अफइक्ज्यामिनेस बोर्ड, पटनाले पत्र लेखेपछि विशेषले उनलाई दो*षी ठ‘हर गरेको हो ।







