कञ्चनपुरमा सहकारीको रकम हिनामिना मुद्दाका फरार दोषीलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार दिउँसो भीमदत्त नगरपालिका–१८का ४१ वर्षीय सिद्धराज सोतीलाई उनकै घरबाट पक्राउ गरिएको हो।
जिल्ला अदालत कञ्चनपुरको फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपीटेकबहादुर रावतले बताए।

उनका अनुसार अदालतले २०८२ मंसिर २ गते सहकारी रकम हिनामिना मुद्दामा सोतीलाई २ वर्ष कैद सजाय र ८ लाख ८७ हजार २ सय७८ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। फैसला पछि फरार रहेका सोतीलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडिबढाइएको प्रहरीले जनाएको छ।






