कैलालीबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन्।
कैलालीको लम्किचुहा नगरपालिका–१ बाट २३० ग्राम लागूऔषध गाँजासहित सोही ठाउँ बस्ने २४ वर्षीय कमल चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरीले उनको घरकोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थसहित कमललाई पक्राउ गरेको हो।

यसैगरी, टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन ६३० मिलिग्रामसहित सोही नगरपालिका–१ ब्लक नम्बर १६ बस्ने ३१ वर्षीय दिनेश शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थसहित पक्राउ गरेको हो।
टीकापुरबाटै थप एक जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन ३ ग्राम २० मिलिग्राम, नाईट्रोजाम ३ क्यापसुल र स्पाजाम ८ क्यापसुलसहित सोही नगरपालिका–७ बैद्य टोल बस्ने २१ वर्षीय खकेन्द्र साउदलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले साउदलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।





