बैशाख/अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण बाजुरामा ठूलो क्षति भएको छ। जिल्लाको जगन्नाथ गाउँपालिका–२, माथिल्लो हुनीमा पहिरो जाँदा गोठमा राखिएका १३ भेडाबाख्रा मरेका छन् भने ३८ अझै बेपत्ता रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार स्थानीय कृषकहरूका भेडाबाख्रामा ठूलो क्षति पुगेको हो। चैनबहादुर विष्टका ५४ वटा भेडाबाख्रामध्ये २ मरेका र ९ बेपत्ता छन्। त्यसैगरी अमृत ल्वारका ५६ मध्ये ३ मरेका र १४ बेपत्ता भएका छन्।
यस्तै, राजबहादुर विष्टका ४० मध्ये ५ भेडाबाख्रा मरेका र १० बेपत्ता छन् भने ऐनबहादुर विष्टका ९५ मध्ये ३ मरेका र ५ अझै हराइरहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार एक्कासि आएको बाढीपहिरोले गोठ नै पुरिँदा ठूलो क्षति भएको हो। भिरालो भू–भागमा रहेको बस्तीमा भारी वर्षा भएपछि पहिरो गएको र लेक क्षेत्रमा रहेका गोठहरू प्रभावित हुँदा झण्डै लाखौँ रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।
बाजुरामा बाढीपहिरोको कहर: १३ भेडाबाख्रा मरे, ३८ बेपत्ता
बाजुरामा बाढीपहिरोको कहर: १३ भेडाबाख्रा मरे, ३८ बेपत्ता

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





