धनगढी/होटल व्यवसायी संघ कैलाली को अध्यक्षमा केशब दत्त पाण्डेय पुनः निर्विरोध निर्वाचित भएका छन्। संघको ३४औँ वार्षिक साधारणसभा तथा ९औँ जिल्ला अधिवेशनबाट पाण्डेयलाई पुनः अध्यक्षमा चयन गरिएको हो।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अबेश कुमार चन्द, उपाध्यक्षमा भिमबहादुर शाही, महासचिवमा प्रजापति जोशी (प्रकाश), सचिवमा राकेश भट्ट, कोषाध्यक्षमा भगतबहादुर थापा तथा सह–कोषाध्यक्षमा बसन्ता भण्डारी निर्विरोध निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यहरूमा केशव चन्द, शोमराज सापकोटा, राधिका लम्साल, सुरेन्द्र थापा, कुलदीपध्वज थापा, इन्द्रसिंह चौधरी, धर्मेन्द्र बहादुर चन्द, वसन्ती चौधरी, प्रज्वल भट्ट, श्री तेजबहादुर कलेल र भुपाल खतिवडा रहेका छन्।
यसअघि सम्पन्न उद्घाटन समारोह होटल व्यवसायी महासंघ का अध्यक्ष टिआर भण्डारी (शंकर) को प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा संघका संस्थापक स्व. खड्क बहादुर थापाका धर्मपत्नी रेखा राठौर थापा, तथा कार्यालय भवन निर्माणका लागि सहयोग गर्ने निवर्तमान अध्यक्ष कलमबहादुर बम र बसन्ता भण्डारीलाई सम्मान गरिएको थियो।
उद्घाटन समारोहमा गोपाल हमाल, दिर्घनारायण कोइराला, हिरालाल रेग्मी, नरेन्द्र चन्द, पुष्प राज ओझा, कुबेरबहादुर शाही लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
होटल व्यवसायी संघ कैलालीको अध्यक्षमा केशब दत्त पाण्डेय पुनः निर्विरोध
होटल व्यवसायी संघ कैलालीको अध्यक्षमा केशब दत्त पाण्डेय पुनः निर्विरोध

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





