कैलाली,चैत २६ गते ।
कैलालीको जिल्लाको गोदावरी नगरपालिका–५ स्थित गेटा मनहरा पुल नजिक अत्तरिया–धनगढी सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बुधबार राति सु.प.प्र.०१–०१२ प ८४०२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक धनगढी उपमहानगरपालिका–७ निवासी ४५ वर्षीय ओम प्रकाश मल्ल गम्भीर घाइते हुनुभएको थियाे ।
घाइते मल्ललाई तत्काल उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
कैलालीमा स्कुटर दुर्घटनामा चालकको मृत्यु
कैलालीमा स्कुटर दुर्घटनामा चालकको मृत्यु

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





