लोकप्रिय कलाकार सागर लम्साल (बले) बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार उनलाईबुधानीलकण्ठबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार, अमेरिकामा बस्ने एक युवतीले शुक्रबारमात्रै बलेमाथि अमेरिकामा बलात्कार गरेको आरोप लगाएकी थिइन्। सोहीउजुरीका आधारमा नेपाल प्रहरीले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको छ।

हाल बलेमाथि थप अनुसन्धान जारी रहेको छ। प्रहरीले यस घटनासँग सम्बन्धित सबै पक्षसँग जानकारी सङ्कलन गरिरहेको छ र कानूनीप्रक्रिया अघि बढाइरहेको छ।






