धनगढी–राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेश समितिका सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्ध मालिका सामुदायिकवन उपभोक्ता समितिको १२ लाखभन्दा बढी रकम हिनामिनाको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
२० चैत, सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेश समितिका सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्धभ्रष्टाचार मुद्दा दायर भएको छ । सामुदायिक वन उपभोक्ता समितिको रकम हिनामिना गरेको भन्दै अधिकारीसहित पाँच जनाविरुद्धअख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका सामुदायिक वन उपभोक्ता समितिको १२ लाखभन्दा बढी रकम हिनामिनागरेको अख्तियारले बिहीबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । अख्तियारले वन उपभोक्ता समितिका अध्यक्ष अमरबहादुर दानी, कोषाध्यक्ष सावित्रा अधिकारी, सचिव तेजेन्द्रबहादुर वयक क्षेत्री र सदस्य हरिप्रसाद अधिकारीले आपसी मिलेमतोमा रकम दुरुपयोगगरेको भन्दै मुद्दा दायर गरेको जनाएको छ ।
आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्मको अवधिमा गैर कानुनी रूपमा रकम दुरुपयोग गरेको देखिएको अख्तियारले जनाएको छ। ‘उनीहरूले समितिको निर्णय र बिल भर्पाइविना नै रकम खर्च गरेको, सडक निर्माणमा कार्य योजना विना र नक्कली कागजात मिलाईभुक्तानी दिएको, लेखा परीक्षण नै नगरी लेखा परीक्षण शुल्क भुक्तानी गरेको देखाएको छ,’अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएकोछ ।
समितिका पाँचै जनाको मिलेमतोमा १२ लाख १८ हजार ५१२ रुपैयाँ बराबरको हिनामिना गरेको ठहर गर्दै उनीहरूविरुद्ध विशेष अदालतकाठमाडौँमा आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ ।






