- धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले डोटी र अछाम अस्पतालका अध्यक्ष नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकलेजिल्ला अस्पताल डोटी र अछामको अध्यक्ष नियुक्त गरेको हो ।
डोटी अस्पतालमा डोटीका भरत बोहरा र अछाम अस्पतालमा अछामका लीलाराज केसी नियुक्त भएका छन् ।
त्यस्तै बैठकले खेलकुद परिषद् सदस्यमा पनि कञ्चनपुरका लीला बोहरा, कञ्चनपुरकै काशीराम बोहरा र बैतडीका पूर्ण बहादुर टेरनियुक्त भएका छन् ।

त्यस्तै मुख्यमन्त्री तथा मन्त्रपिरिषद्को परिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७५को अनुसूची हेरफेर गरिएको छ भने सुदूरपश्चिम प्रदेशस्थानीय सेवा गठन सञ्चालन नियमावली २०२ समेत स्वीकृत गरिएको छ ।
स्वकीय सचिवालयका कर्मचारीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी निर्णय गरिएको छ भने प्रदेश सभाका पदाधिकारी तथासदस्यहरूको ऐन २०७५ को अनुसूची २ हेरफेर गरिएको छ ।
मन्त्रपिरिषद् बैठकले अस्थायी प्रहरी चौकी हिमाली गाउँपालिका बाजुराको भवन निर्माण सम्बन्धी कार्यक्रमलाई सशर्त अनुदानको रूपमाहिमाली गाउँपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।त्यस्तै, सुदूरपश्चिम प्रदेश सवारी साधन खरिद तथा प्रयोग सम्बन्धीनिर्देशिका र वित्तीय हस्तान्तरण गर्ने र सुदूरपश्चिम जनता आवास कार्यक्रम कार्यविधि स्वीकृत गर्ने निर्णय समेत गरिएको छ ।





