धनगढी-कैलालीमा सरकारी जागिर लगाइदिने तथा अनुदान उपलब्ध गराइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एकयुवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका–२ का ३३ वर्षीय तुलाराम कोली रहेका छन्, जो हाल कैलालीको गोदावरी नगरपालिका–६लालपुरमा बस्दै आएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार उनलाई प्रहरी टोलीले उनकैनिवासबाट नियन्त्रणमा लिएको हो।

हाल कोलीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार उनीविरुद्ध अहिलेसम्म विभिन्न व्यक्तिबाट ठगी गरेको भन्दै १० वटा उजुरी दर्ता भइसकेका छन्। प्रारम्भिक अनुसन्धानमाकरिब १ करोड २० लाख रुपैयाँ बराबरको ठगी भएको खुलेको छ भने बाँकी विवरण अनुसन्धानका क्रममा खुल्ने जनाइएको छ।






