धनगढी, ४ चैत/धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा बढ्दो ध्वनी प्रदूषण नियन्त्रण गर्न कडा निर्देशन जारी गरेको छ । उपमहानगरले अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै माइक, डिजे, विद्युतीय बाजागाजा, प्रेसर हर्न तथा पटाकाको अव्यवस्थित प्रयोग रोक्न आग्रह गरेको हो।
नगरपालिकाका अनुसार विवाह, व्रतबन्ध, सप्ताह, चाडपर्व तथा पूजा–कीर्तनजस्ता सामाजिक तथा धार्मिक कार्यक्रममा अत्यधिक ध्वनीका कारण नगरवासी प्रभावित भएका छन्। विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा मुटु र दीर्घरोगी बिरामीमा स्वास्थ्य समस्या थपिएको भन्दै स्थानीयबाट पटक–पटक गुनासो आएको जनाइएको छ।
ध्वनी प्रदूषणले वातावरणमा समेत नकारात्मक असर पार्ने भएकाले ध्वनी प्रदूषण सम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ बमोजिम ध्वनी नियन्त्रण गर्न सबै सरोकारवालालाई नगरपालिकाले आग्रह गरेको छ।
सूचनामा उल्लिखित निर्देशन अवज्ञा गरी यस्ता सामग्री प्रयोग गरे वा गराएमा प्रचलित कानूनअनुसार कारबाही गरिने स्पष्ट पारिएको छ प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।
धनगढीमा ध्वनी प्रदूषण नियन्त्रण गर्न कडा निर्देशन, अटेर गरे कारबाही हुने
धनगढीमा ध्वनी प्रदूषण नियन्त्रण गर्न कडा निर्देशन, अटेर गरे कारबाही हुने

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





