धनगढी, ४ चैत/पुस २७ गते बुधबार कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य आनन्द बहादुर चन्दले निर्वाचित पछि पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गरे । धनगढीस्थित सौंराई पार्टी प्यालेसमा अपरान्ह १२ बजे पत्रकार सम्मेलनको आयोजना गरेका चन्द भने केही समय ढिलो पुगे । पत्रकारहरुको ठूलो उपस्थितिका बिच पत्रकार सम्मेलनमा पुगेका प्रतिनिधि सभा सदस्य चन्द राष्ट्रिय स्वतन्त्र पार्टी कैलाली जिल्ला सभापति महेश चौधरीलाई साथमा लिएर पुगेका थिए । पत्रकार सम्मेलनमा साथमा बसालेर मतदाताहरुलाई धन्यवाद मात्र दिएनन् चन्दले । सभापति चौधरीको खुलेर प्रशंसा गरे ।
‘मेरो निर्वाचन क्षेत्रमा खटिएका सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरु तपाईहरु अहोरात्र खटिएर रास्वपाका उम्मेदवारहरुलाई जिताउनुभयो । यहाँहरुलाई धन्यवाद दिन चाहन्छु’ चन्दले भन्नुभयो, ‘मेरो निर्वाचन क्षेत्रमा चुनावी कमाण्डरको रुपमा हाम्रो महेश चौधरी सर हुनुुहुुन्थ्यो । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सभापति हुनुहुन्छ । उहाँले ५ वटै निर्वाचन क्षेत्रका साथै कैलाली क्षेत्र नम्बर ५ लाई विशेष गरि हेरीरहनुुभएको थियो उहाँलाई विशेष आभार प्रकट गर्न चाहन्छुु ।’ ‘तपाईहरुको मत मैले बैंकको ऋण जस्तै सोचेको छुु । जति धेरै ऋण त्यति धेरै जिम्मेवारी बोकेको महसुुस गरेको छु भनेर चन्दले भनिरहदा संगै बसेका महेश चौधरीको अनुुहारमा भने हेर्न लायक थियो । महेश चौधरी त्यही व्यक्ति हुन जसले ३ वर्ष उद्योग चलाएर, सामान बेचेर चेक बाउन्स भइसकेका व्यक्ति हुन् । त्यही विवादित व्यक्तिलाई साथमा राखेर प्रशसंसा गरिरहेका चन्द भने चौधरीको त्यो काण्डबारे जानकार थिए । यद्यपी उनको प्रशंसा गरिरहेका थिए । महेश चौधरी माथि १५ लाख रुपैयाँको चेक बाउन्स, ठगी र उद्योग हिनामिना गरेको गम्भीर आरोप सार्वजनिक भएपछि कैलालीको राजनीतिक वृत्तमा तरंग पैदा भएको छ ।
पीडित जय चदारोका अनुसार धनगढी उपमहानगरपालिका–८, स्थित हरी ओम जुत्ता–चप्पल उद्योग ७५ लाख रुपैयाँमा किन्ने सहमति गर्दै चौधरीले सुरुमा १५ लाख रुपैयाँको चेक ‘बयाना’ स्वरूप दिएका थिए । तर, चेक साट्न बैंक पुग्दा चेक बाउन्स भयो । त्यसपछि चौधरीले पटक–पटक नयाँ चेक दिँदै समय सार्ने काम गरे पनि रकम कहिल्यै नतिरेको चदारोको आरोप छ ।
उद्योग कब्जा, तीन वर्ष कारोबार
चदारोका अनुसार चौधरीले उद्योगको चाबी लिएपछि करिब तीन वर्षसम्म उद्योग सञ्चालन गरे । यो अवधिमा उद्योगभित्रका मेसिन र सामग्री बिक्री गरिएको, उद्योगकै नाममा लाखौं रुपैयाँ बिजुलीको बिल बक्यौता राखियो, उद्योगको सम्पत्ती प्रयोग गरेर आर्थिक लाभ उठाइएको चदारोको दाबी छ । “फोन गर्दा उठाउँदैनथे, भेट हुँदा ‘दिन्छु, दिन्छु’ भनेर टारिरहन्थे,” चदारोले भने, “हामीले प्रहरी लगायौं, दुनियादारी ग–यो, पार्टी कार्यालय धायौं । तर, सुनुवाइ भएन।”

ताला तोडेर उद्योग फिर्ता
लामो समयसम्म समस्या समाधान नभएपछि अन्ततः वडा कार्यालयको सिफारिस र प्रहरीको रोहवरमा उद्योगमा लगाइएको ताला तोडेर चदारोले उद्योग आफ्नो नियन्त्रणमा लिएको बताए । “भित्र पसेपछि धेरै सामान बेचिसकिएको रहेछ,” उनले भने, “तीन वर्षको क्षतिपूर्ति र बिजुलीको बिल बराबरको रकम चाहिएको छ ।”
चेक बाउन्स मुद्दा दर्ता गर्ने तयारी
पीडित पक्षले चेक बाउन्ससम्बन्धी कानुनी प्रक्रिया सुरु गरिने जनाएको छ । अब भएन कानुनी प्रक्रियामा जानुको बिकल्प भएन चदारोले भने ।
राजनीतिक तरंग
जिल्ला तहको राजनीतिक नेतृत्व सम्हालेका व्यक्ति माथि यस्तो आरोप लागेपछि रास्वपा भित्र र बाहिर नैतिकता र जवाफदेहिताको प्रश्न उठ्न थालेको छ। यस विषयमा आरोपित महेश चौधरीको आधिकारिक प्रतिक्रिया भने अझै सार्वजनिक भएको छैन । यद्यपी पीडित र पीडकबिच भएको वार्तालापको भिडियो इभण्डाफोरसंग सुरक्षित छ । ३ वर्ष उद्योग चल्यो, सामान बेचियो, चेक बाउन्स भयो — अब कानुनी कारबाही कता पुग्छ ? कैलालीको यो प्रकरणले अब राजनीति र कानुन दुवै क्षेत्रमा थप बहस जन्माउने देखिएको छ।







